ग्लोबल छनोटलाई एक कदम टाढा
ekantipur.com · Tue Mar 14 01:04:01 GMT 2023
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका लागि यति धेरै हतारो कहिल्यै गरेको थिएन । पपुवा न्युगिनीले तेर्स्याएको लक्ष्य जम्माजम्मी ९६ रनको थियो । त्यही लक्ष्य पछ्याउने क्रममा नेपालले जितसम्म पुग्न ७.४ ओभरमात्र उपयोग गर्यो ।
लक्ष्य त १० विकेटको जित थियो । तर, ९ विकेटको जित पनि कम रहेन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो विकेटको आधारमा सबैभन्दा ठूलो अन्तरको जित हो । यससँगै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोट नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)