मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा नक्कली ब्राण्डेड मदिरा कारखानामा सशस्त्र प्रहरीको छापा, ४ जना पक्राउ

arthadabali.com · Wed May 20 06:48:21 GMT 2026

काठमाडौं/ ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित एक घरमा अवैध रूपमा नक्कली ब्राण्डेड मदिरा उत्पादन भइरहेको सूचनापछि सशस्त्र प्रहरीले छापा मारेको छ । छापामार कारवाहीका क्रममा ठूलो परिमाणमा रेड लेबल, ब्ल्याक लेबल लगायत महंगा ब्राण्डका मदिरा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इण्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा सञ्चालन भइरहेको उक्त अवैध गतिविधिमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोद तामाङ, विवेक तामाङ तथा सिन्धुपाल्चोकका छिदेन निमा तामाङ रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)