जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गयो
Ujyaaloonline.com · Tue Jan 02 00:50:06 GMT 2024
जापानमा गएकाे शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)