मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्षयरोगमुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण

gorkhapatraonline.com · Sat Jun 13 02:17:26 GMT 2026

क्षयरोग निवारण तथा यसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था, सप्तरी शाखाको आयोजनामा शुक्रबार राजविराजस्थित केशो अनिरुद्ध माध्यमिक विद्यालय मा जुनियर नाटा अभिमुखीकरण तथा क्षयरोगसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

“क्षयरोगबाट बचौँ, बचाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकार विजयानन्द झा ले सहजीकरण गर्नुभएको थियो। उहाँले क्षयरोगका कारण, लक्षण, रोकथामका उपाय, परीक्षण तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभयो। क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गई परीक्षण गराउन तथा चिकित्सकको सल्लाहअनुसार पूरा अवधिसम्म औषधि सेवन गर्न उहाँले आग्रह गर्नुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)