बर्दिवासमा महिलाको रहस्यमय मृत्युपछि तनाव, माइती पक्षले गरे तोडफोड र आगजनी
shilapatra.com · Sat Jun 13 02:12:00 GMT 2026

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएपछि शुक्रबार राति तनाव उत्पन्न भएको छ । मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै ससुराली घरमा तोडफोड तथा आगजनी गरेपछि प्रहरी र मृतकका माइती पक्षबीच झडप भएको थियाे ।
स्थानीय रामबाबु सिंहकी बुहारी पिंकी महतो घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । गौशाला नगरपालिका–११ कान्तिबजारकी स्थायी बासिन्दा पिंकीको मृत्युको खबर पाएलगत्तै उनका आफन्त तथा माइती पक्षका मानिसहरू ठूलो संख्यामा घटनास्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)