मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीमा एभरटनको बहादुरीपूर्ण बराबरी

ekantipur.com · Sun Mar 19 01:03:31 GMT 2023

लन्डन — एभरटनले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीको स्टायनफोर्डमा २–२ को बहादुरीपूर्ण बराबरी निकाल्दै एक बहुमूल्य अंक बटुलेको छ । एलिस सिम्सले खेल सकिन एक मिनेट अगाडि एभरटनका लागि निर्णायक बराबरी गोल गरे ।

यो नतिजापछि एभरटन २६ अंकमा १५ औं स्थानमा रह्यो र उसको रेलिगेसन तनाव कम हुँदैछ । चेल्सी भने ३८ अंकमा दसौं स्थानमा छ । शनिबारका अन्य प्रमुख खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ३–० र लिड्सले उल्भ्सलाई ४–२ ले हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)