नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठक सम्पन्न
neplays.com
काठमाडौं । नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा ललितपुर हात्तीवन स्थित क्लासिक ब्याङ्केटमा सम्पन्न तेस्रो बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ ।
महासंघका महासचिव मान बहादुर भण्डारीका अनुसार तेस्रो पुर्ण कार्यसमिति बैठकले आर्थिक उपसमितिको संयोजकमा महासंघका अध्यक्ष राम अवाले, निति तथा कार्यक्रम तर्जुमा उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्राविधिक उपसमिति संयोजकमा पुस्करराज पन्त, प्रशिक्षक उपसमिति संयोजकमा प्रचण्ड शर्मा, रेफ्री÷जज उपसमिति संयोजकमा सविन भट्टचार्य, अनुशाशन उपसमिति संयोजकमा अर्जुन बहादुर के.सी, छनौट उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्रतियोगिता उपसमिति संयोजकमा रामबहादुर गिरी, स्कुल कमिशन संयोजकमा श्यामकाजी अवालेलाई चयन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)