मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धुलो प्रदूषणविरुद्ध राजविराजमा हुलाकी सडक अवरुद्ध

gorkhapatraonline.com · Wed May 20 06:54:04 GMT 2026

वर्षौंदेखि हुलाकी सडक क्षेत्रमा उड्ने अत्यधिक धुलोका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि राजविराजमा हुलाकी सडक अवरुद्ध गरिएको छ । बुधबार बिहानदेखि राजविराज–१ स्थित हनुमान मन्दिरदेखि चनौरा–पडरिया क्षेत्रसम्मको हुलाकी सडक स्थानीयवासीले अवरुद्ध गरेका हुन् ।

निर्माणाधीन हुलाकी सडकको उक्त खण्डमा धुलो नियन्त्रण, नियमित पानी छर्किने व्यवस्था तथा सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले सडकमा आवतजावत पूर्ण रूपमा बन्द गरेको स्थानीय निरञ्जन झाले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)