८१ लाख डोज खोप प्रयोग गर्न बाँकी
nayapatrikadaily.com · Thu Nov 25 00:29:00 GMT 2021
कोभ्याक्स सुविधामार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । जसमध्ये २० लाख डोज खोप आगामी २९ नोभेम्बरमा आउनेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार हालसम्म दुई करोड ५४ लाख ७० हजार ६ सय ३० डोज विभिन्न प्रकारका खोप नेपाल आइसकेको छ ।
यसबीचमा एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ डोज खोप प्रयोग भएको छ । पहिलो मात्रा खोप ९२ लाख ८४ हजार तीन सय ३७ र पूर्ण मात्रा ८० लाख ५९ हजार तीन सय दुईजनाले पाएका छन् । अझै ८१ लाख २६ हजार नौ सय ९१ डोज खोप प्रयोग गर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)