विश्वकप छनोट : अमेरिकामाथि रवाफिलो जित
ekantipur.com · Wed Jun 21 00:26:24 GMT 2023
काठमाडौँ — नेपाल बलिङमा हाबी भइरहेको अवस्थामा भीम सार्कीले सायन जहाँगिरको महत्त्वपूर्ण क्याच छाड्न पुगेका थिए । जसका कारण ब्याटर जहाँगिरले ७५ रन थप्दै अविजित १ सय रन बनाएपछि नेपालविरुद्ध विश्वकप छनोटमा अमेरिकाले राम्रो पुनरागमन गरेको थियो ।
भीमले ब्याटिङबाट त्यसको शोधभर्ना गरेपछि नेपालले जिम्बावेको हरारेमा मंगलबार अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । भीमले अविजित ७७ रन बनाएपछि नेपालले २ सय ८ रनको लक्ष्य ७ ओभरअगावै पूरा गर्दै विश्वकप छनोटमा पहिलो विजय पायो । उनले १ सय १४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)