सहकारीको ऋण नतिर्नेलाई सेवा सुविधामा रोक लगाउने तयारी
annapurnapost.com · Fri Jun 26 13:07:24 GMT 2026

सहकारीबाट ऋण लिएर समयमा भुक्तानी नगर्ने सदस्यहरूको संख्या बढ्दै गएपछि भीमेश्वर नगरपालिकाले त्यस्ता व्यक्तिलाई नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवा–सुविधाबाट वञ्चित गर्ने तयारी गर्ने जनाएको छ। सहकारी क्षेत्रलाई अनुशासित, पारदर्शी र बचतकर्तामैत्री बनाउन यस्तो कदम चाल्न लागिएको नगरपालिकाले जनाएको छ।
सहकारीको पैसा कुनै व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने अनुदान नभई सर्वसाधारण नागरिकले दुःख गरेर जम्मा गरेको बचत हो। ऋण लिएपछि समयमै फिर्ता गर्नु प्रत्येक सदस्यको दायित्व भएको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले बताए। सहकारीमा जम्मा भएको रकम किसान, मजदुर, कर्मचारी, साना व्यापारी तथा सर्वसाधारण नागरिकको पसिनाको कमाइ भएको मानन्धरको भनाइ छ। गाउँघरका किसानले कुखुरा, अण्डा, दूध, तरकारी, फलफूल तथा अन्नबाली बेचेर बचत गरेको रकम सहकारीमा जम्मा गरेका हुन्छन्। त्यही रकमबाट अरू सदस्यले ऋण लिने भएकाले ऋण नतिर्नु भनेको बचतकर्ताको अधिकारमाथि खेलबाड गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)