मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा

nayapatrikadaily.com · Tue Feb 20 00:32:00 GMT 2024

मच्छिन्द्र फुटबल क्लबले सोमबार छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । मच्छिन्द्रले गत साता मकवानपुर गोल्डकपको उपविजेता टोली न्युरोड टिम (एनआरटी) माथि ५–१ को फराकिलो जित निकाली अन्तिम दुई स्थान पक्का गरेको हो ।

जनता मावि खेल मैदानमा एनआरटीका खेलाडीबीच तालमेल नमिल्दा मच्छिन्द्रले दुवै हाफमा फाइदा लिएको थियो । एनआरटीले प्राप्त मौका गोल गर्न सकेन । मच्छिन्द्रका हिसुब थपलिया र विदेशी खेलाडी स्टेफेन समिरले समान दुई गोल गरेका थिए । विमल घर्तीमगरले एक गोल गरे । उत्कृष्ट लयमा देखिएको मच्छिन्द्रले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)