राजविराजमा ध्वनि प्रदूषण रोक्ने अदालतको आदेश अलपत्र
gorkhapatraonline.com · Sat Jun 13 02:29:00 GMT 2026

सप्तरीको राजविराज नगरक्षेत्रमा ध्वनि प्रदूषण नियन्त्रण गर्न अदालतले दिएको परमादेशको आदेश जारी भएको १६ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन।
तत्कालीन पुनरावेदन अदालत राजविराजका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले २०६७ चैत २० गते जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला ट्राफिक कार्यालय सप्तरी, राजविराज नगरपालिका लगायत सरोकारवाला निकायका नाममा परमादेश जारी गरेको थियो। तर, आदेश जारी भएको डेढ दशकभन्दा बढी समय बित्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)