मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डाक्टर कुट्नेलाई ‘कारबाही’

ekantipur.com · Mon Sep 18 00:47:13 GMT 2023

काठमाडौँ — आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्य संस्था बन्दलगायतका पूर्वघोषित सबै विरोध कार्यक्रम फिर्ता लिएको छ ।

संघले डाक्टरमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित आइतबार देशभरिका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पारेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति बनाएका थिए । वार्ता समिति र चिकित्सक संघका पदाधिकारीबीच स्वास्थ्य मन्त्रालयमा दिनभर भएको वार्तापछि ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि आक्रमणको आरोपमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जनासहितका दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)