इरान स्कुल विस्फोटमा न्यायको माग
barnanmedia.com · Fri Mar 27 21:15:00 GMT 2026

इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको पीडा पुनः उजागर गरिरहँदा संयुक्त राष्ट्रसङ्घले घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न कडा आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले उक्त आक्रमणलाई ‘भित्री आतङ्क’ सिर्जना गर्ने घटना भन्दै दोषीमाथि जवाफदेहिता आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा शुक्रबार सुरु भएको आकस्मिक बहसमा बोल्दै उहाँले युद्धका मतभेदहरू समाधान गर्ने नाममा बालबालिकामाथि आक्रमण हुनु अस्वीकार्य रहेको स्पष्ट पार्नुभयो । मध्यपूर्व युद्धको पहिलो दिन, फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको बम विस्फोटले ठूलो मानवीय क्षति निम्त्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)