फूलैफूलको दीपकको संसार
annapurnapost.com · Sun Nov 12 01:05:38 GMT 2023
काठमाडौं : ढकमक्क फूलबारी। लोभलाग्दा सयपत्रीका थुंगा। त्यहाँ पुग्ने जो कोहीलाई यो दृश्यले लठ्ठ पार्छ। तर, त्यहीँ पूmलबारीका माली दीपक पाख्रिनलाई भने भ्याइनभ्याइ छ। तिहारका लागि जताततैबाट फूलको माग छ। त्यसैकारण फूल टिप्ने, माला उन्ने र बजार पठाउने हतारोमा छन्, उनी। ‘काठमाडौं, ललितपुर, चितवन, सुर्खेत, धादिङलगायतका ठाउँबाट छिटो फूल पठाइदिन माग आइरहेको छ,’ दीपक भन्छन्।
६३ वर्षीय पाख्रिनको जीवन नै फूलसँग गाँसिएको छ। ४ दशकदेखि फूलको खेतीमा रमाउँदै, कमाउदै र जिउँदै आएका छन्। ‘दसैंयता तिहार नजिकिएसँगै मस्तले फूल बगैंचा सुटिङ स्पट जस्तो देखिएको छ,’ पाख्रिन भन्छन्, ‘रमणीय दृश्यले मन प्रफूल्लित हुन्छ।’ त्यसैकारण, पाख्रिनको मन पनि चंगा, व्यवसायबाट पनि दंग।’ पाख्रिनले चितवनको भरतपुर–२६ मा फूलखेती गरेका छन्। ६ बिघा (५२ रोपनी) सयपत्रिमय बनाएका छन्। यतिबेला तिहारका लागि फूल टिप्न र माला उन्न १० जना कर्मचारी पनि अपुग भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)