मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र, चार वर्षदेखि प्रगति सुस्त
nepalviews.com · Wed May 20 07:04:46 GMT 2026

मुगु । २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण गर्ने योजनाअन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पतालको शिलान्यास गरिएको थियो । यीमध्ये मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पताल निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् ।
मुगुको खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैय्याको अस्पताल १८ महिनामा सम्पन्न गर्ने गरी पिसिएल सुर्काय जे.भी. कम्पनीले १० करोड ६६ लाख रुपैयाँमा ठेक्का लिए पनि चार वर्ष बितिसक्दा मात्र ३० प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको दुईपटक म्याद थप भइसकेको भए पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)