पशुपति धर्मशाला बतासलाई दिने सम्झौता भंग गर्न सिफारिस
nayapatrikadaily.com · Tue Jan 18 00:22:00 GMT 2022
तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति धर्मशालालाई होटेल बनाउन बतास अर्गनाइजेसनसँग भएको सम्झौता नै भंग गर्न छानबिन समितिले सरकारलाई सिफारिस गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोमबार प्रतिवेदन बुझाउँदै सम्झौता भंग गर्न भनेको हो ।
समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकारप्राप्त निकायको स्वीकृतिविना भएको निष्कर्ष निकालेको छ । पशुपति क्षेत्र विकास कोष परिषद्बाट स्वीकृति नै नलिई कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले ३० वैशाख ०७६ मा होटेल आनन्द म्यानेजमेन्टका सञ्चालक ओस्कार बतासलाई धर्मशाला लिजमा दिएको समितिले जनाएको छ । लिज सम्झौताको अधिकार परिषद्लाई छ । कानुनसम्मत नभएको सम्झौताको पनि पालना नगरिएकाले सम्झौता भंग गर्नुपर्ने समितिको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)