जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय
rajdhanidaily.com · Fri Dec 22 23:34:45 GMT 2023
संखुवासभा । जिल्ला अदालत संखुवासभाले जबरजस्ती करणी गर्ने एक युवकलाई २५ बर्ष ६ महिना र अर्को ए जनालाई १८ बर्ष कैद सजायको सुनाएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संखुवासभाका २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई जिल्ला अदालत संखुवासभाले २५ बर्ष ६ महिना कैदको सजाय सुनाएको छ ।
जबरजस्ती करणी कसुर ठहर गर्दै जिल्ला न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले राईलाई २५ बर्ष ६ महिना जन्मकैदको फैसला सुनाएको हो । अदालतको सोही आदेशले कसुरदारलाई ७ लाख रुपियाँ जरिवाना, राहत कोषमा २८ हजार रुपियाँ जम्मा गर्न आदेश भएको र ५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार रामचन्द्र केशीले जानकारी दिए । त्यस्तै गरी जिल्ला अदालत संखुवासभाले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अर्को एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)