पाँच मदिरा उद्योगलाई क्षमता वृद्धिको स्वीकृति
nayapatrikadaily.com · Fri Aug 05 00:32:00 GMT 2022
सरकारले सञ्चालनमा रहेका पाँचवटा मदिरा उद्योगलाई क्षमता विस्तार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले मदिरा उद्योगको क्षमता वृद्धि र एउटा उद्योगको म्याद थप गर्ने सैद्धान्तिक निर्णय भएको हो ।
क्षमता तथा पुँजी वृद्धिको अनुमति पाउने उद्योगमा छिन्नमस्ता डिस्टिलरी, न्यु एभरेस्ट डिस्टिलरीलगायत रहेका छन् । त्यस्तै, दशवटा क्रसर उद्योगलाई पनि सञ्चालनको अनुमति दिने सैद्धान्तिक निर्णय भएको बोर्डका एक सदस्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)