मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजारमा नयाँ कीर्तिमान

karobardaily.com · Mon Jul 26 00:32:04 GMT 2021

नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।

नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ करोड ९३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बजारमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । बजार घट्न थालेपछि कारोबार रकम पनि ४ अर्ब रुपैयाँमा घटेको थियो । नेप्से सूचकमा आएको सुधारसँगै कारोबार रकमसमेत वृद्धि भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)