सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
arthadabali.com · Sat Jun 13 02:42:28 GMT 2026

चितवन / जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभि) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।
भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि बिद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)