हत्या गरिएको अवस्थामा दम्पती भेटिए
nayapatrikadaily.com · Wed Aug 31 17:14:00 GMT 2022
माडी गाउँपालिका–३ तालावाङमा एक दम्पती खुकुरीले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन् । रोल्पा परिवर्तन गाउँपालिका–२, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।
काठमाडौं इँटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका उनीहरुको हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोलीले घटनास्थलको अवलोकन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)