बालेन सरकारको पहिलो गाँसमै ढुंगा, बाचा १६ को उल्लंघन
rajdhanidaily.com · Fri Mar 27 23:10:42 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहितका सबै मन्त्रीले पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीले जनतासँग गरेको बाचा उल्लंघन गरेको पाइएको छ । रास्वपाले चुनावी प्रयोजनका लागि सय बाचासहित जनतासँग करार गरेको बताएको थियो । सो करारको बुँदा नम्बर १६ मा ‘सार्वजनिक पद सम्हाल्नुअघि पूर्णसम्पत्ति विवरण सार्वजनिक गर्ने ’ उल्लेख छ ।
‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्णरूपमा सार्वजनिक गर्ने छौं । निर्वाचनअघि र कार्यकाल पूरा भएपछि हामी र हाम्रो परिवारको सम्पत्ति कति परिवर्तन आयोग त्यसको स्वतन्त्र लेखापरीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने छौ ं,’ बाचापत्रको बुँदा नम्बर १६ मा उल्लेख छ । यस बुँदामा ‘आफन्तलाई स्वकीय सचिव नराख्ने’ पनि भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)