विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै ऊर्जा मन्त्रालय
ratopati.com · Mon Apr 13 19:17:47 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच मुलुकको ऊर्जा क्षेत्रको विकास गर्न र थप उन्नयनका बारेका सोमबार छलफल भएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्ध रहेको बताए ।
मन्त्री श्रेष्ठले विद्युत्को निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताए । सरकारले जलाशय तथा नवीकरणीय ऊर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझावको अपेक्षा गरेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)