इरान युद्ध छिट्टै अन्त्य हुन सक्ने ट्रम्पको भनाइ, तेलको भाउ ओरालो लाग्यो
ratopati.com · Wed May 20 07:16:39 GMT 2026

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध निकै छिटै अन्त्य हुने बताएपछि तेलको भाउ घटेको हो ।
लन्डन स्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड आयल फ्युचर्स ८८ सेन्ट अर्थात् शून्य दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ११० डलर ४० सेन्टमा आएको थियो । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि ६७ सेन्ट (शून्य दशमलव ६ प्रतिशत)ले घटेर ब्यारेलको १०३ डलर ४८ सेन्ट कायम भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)