सांसद रचना खतिवडाको गुनासो : सरकार तेरो छ, कसलाई सुनाएको भनेर रोइलो छ
barnanmedia.com · Wed May 20 07:11:02 GMT 2026

काठमाडौं : जेनजी शहीद रसिक खतिवडाकी आमा समेत रहेकी प्रतिनिधिसभाकी सांसद रचना खतिवडाले सरकारलाई प्रश्न सोध्न पाइने कि नपाइने भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै सांसद खतिवडाले के सरकारलाई प्रश्न सोध्न नपाउने हो भन्दै डाडु–पन्यू तेरो हातमा छ, सरकार तेरो छ, कसलाई सुनाएको भन्दै रोइल चलिरहेको बताइन् ।
उनले सरकार आफ्नो (हाम्रो) हो भने प्रश्न सोध्न पाउने कि नपाउने भन्दै जिज्ञासा राखेकी छिन् । उनले संसद भवन अगाडि शहीदहरुको शालिक यथाशिघ्र निर्माण थालनी गर्न समेत सरकारसँग माग गरेकी छिन् । शहीदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान मात्र होइ, व्यवहारिक रुपमा पनि न्याया दिई सम्मान गरिनु पर्ने बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)