राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्दै ?
lokpath.com · Sat Nov 06 16:29:05 GMT 2021
एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ। उनी एमाले प्रवेश गर्ने सम्भावना धेरै रहेको पनि पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बस्नेतले शुक्रबार दिएको अन्तर्वार्तामा दावी गरेका छन् ।
चितवनमा त प्रचण्डले चुनाव जित्ने फेरि पनि निश्चित छ भनिन्छ नि भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेके दावी गरे । ‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो नि, एमाले, काँग्रेस, राप्रपा र त्यसपछाडि माओवादी केन्द्र हो’, उनले भने, ‘विक्रम पाण्डे त कम पपुलर हुनुहुन्छ र ?’
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)