मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मलेसियालाई हराएर जोर्डन समूहको शीर्षमा

ekantipur.com · Tue Jan 16 01:07:53 GMT 2024

दोहा — मोहम्मद मार्डी र मोहम्मद सुलेमनको दुई दुई गोलको मद्दतले जोर्डनले सोमबार एसियन कप २०२३ मा मलेसियालाई सजिलै ४–० ले हरायो । यो जितपछि जोर्डन समूह ‘ई’ को शीर्षमा पनि रहन सफल रह्यो ।

जोर्डनले पहिलो हाफमा तीन गोल गरेको थियो र खेलमाथि पूर्ण नियन्त्रण राख्न सफल रह्यो । यस अगाडि यसै समूहको खेलमा दक्षिण कोरियाले बहराइनलाई ३–१ ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)