मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोज्न ज्ञानेन्द्रको आग्रह

barnanmedia.com · Mon Apr 13 20:15:00 GMT 2026

पूर्व राजा ज्ञानेन्द्र शाहले निषेध, फुट र द्वन्द्वको राजनीतिले राष्ट्र कमजोर बनेकोले संवाद र सहकार्यमार्फत संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। नयाँ वर्ष २०८३ सालको अवसरमा जारी गरेको एक भिडियो सन्देशमा उनले प्रतिशोध र निषेधको राजनीति गर्न नहुने धारणा राखेका छन्।

उनले भनेका छन्, "निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)