मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प र पुटिनबीच सन् २०२६ मा भेटघाट हुन सक्ने

clickmandu.com · Wed May 20 07:24:37 GMT 2026

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नोभेम्बरमा चीनमा हुने एपेक शिखर सम्मेलनमा पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच भेटवार्ता हुन सक्ने सम्भावनालाई नकारेका छैनन् भनी रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले रिपोर्ट गरेको छ ।

पुटिनले यसअघि नै यसै वर्षको अन्त्यतिर हुने एपेक शिखर सम्मेलनमा आफ्नो उपस्थितिको पुष्टि गरिसकेका छन् । त्यहाँ अमेरिकाले एउटा प्रतिनिधिमण्डल पठाउनेछ तर ट्रम्प त्यहाँ उपस्थित हुनेछन् कि छैनन् भन्ने कुरा स्पष्ट पारेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)