मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपाङ्गता बाधा होइन अवसरः आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका १३६ जना

news24nepal.tv · Sat Jun 13 02:55:23 GMT 2026

सिन्धुपाल्चोक । अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझ हुन् भन्ने सोच अझै कतिपय ठाउँमा जीवित छ । तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिने उदाहरणहरू देखिन थालेका छन् । जलवायु अनुकूलन कृषि प्रविधिमार्फत अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार अहिले व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन् ।

उत्पादन र आत्मनिर्भरतामा आधारित यो अभियानले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास बढाएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–८ ईर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोरफिरियाबाट पीडित छन् । घाममा निस्कन नसक्ने भएकाले दुई वर्षअघिसम्म दैनिक काममा उनलाई परिवारको सहारा चाहिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)