चीन-रुस सम्बन्ध ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’
corporatenepal.com · Wed May 20 07:22:16 GMT 2026

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताएका छन् । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन् ।
गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई बेइजिङले भव्य स्वागत गरेको थियो । तर हर्मुज जलघाँटी पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य महत्त्वपूर्ण आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि त्यस भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो । त्यसको ठीकपछि भएको पुटिनको चीन भ्रमणलाई भने दुवै देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)