एमाले संगठन ध्वस्त, आधा बढी सदस्यले गरेनन् नवीकरण, प्रदेश खारेजीको पक्षमा नेताहरु
hamrakura.com · Fri May 12 00:00:00 GMT 2023
काठमाडौँ । नेकपा एमालेको सांगठनिक जीवन निकै ध्वस्त भएको प्रतिवेदनहरु पेश भएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा नेपालका नेताहरुले पेश गरेको प्रतिवेदनमा आधाभन्दा कम सदस्यहरुले संगठित सदस्यता नवीकरण गरेको र यसले एमालेको पार्टी जीवनमा ह्रास आउने क्रम जारी रहेको प्रतिवेदन पेश भएको स्रोतको दाबी छ ।
एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी भावी योजना तथा पार्टी परिचालनका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए पनि एमालेलाई संगठन निर्माणले भने निराशा बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)