मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लोकतन्त्र, सरकार र शासन

rajdhanidaily.com · Sun Dec 12 23:24:39 GMT 2021

शासन गर्ने अंगहरू र पदाधिकारीहरूबाट विभिन्न प्रकारका नीतिहरूको निर्धारण गरी त्यस्ता नीतिहरूको कार्यान्वयन गर्दा निरन्तर रूपमा अनुगमन गर्ने र विभिन्न शक्ति समूहहरूका बीच सन्तुलित सम्बन्ध कायम गर्दै संगठनको प्रगतिको दिशामा अघि बढ्ने कार्यलाई शासन भनिन्छ । कुनै पनि निकाय, संस्था वा समूहमाथि अधिकारप्राप्त व्यक्तिद्वारा गरिने नियन्त्रणलाई शासन गर्नु भनिन्छ । यो मानव सभ्यताको प्रारम्भसँगै विकसित हुँदै आएको छ । प्रारम्भमा शासन गर्नुभनेको राज्यका नागरिकहरूमाथि सरकारमा रहनेहरूले गर्ने नियन्त्रणका रूपमा लिइने गरिन्थ्यो । तर, राज्य वा सरकारको अवधारणाभन्दा अघि बढेर शासनलाई बुझ्नुपर्छ । विश्वव्यापीकरण, उदारीकरण, निजीकरण, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धमा भएको विकासजस्ता कारणले गर्दा शासन राज्यको निश्चित सिमानाभित्र सीमित रहन सकेन । अन्तर्राष्ट्रिय जगत्, विश्व संस्था, गैरसरकारी संस्था, नागरिक समाज सबैलाई शासनले समेटनुपर्ने परिस्थितिको विकास हुँदै गयो । राज्य सञ्चालन गर्ने तौरतरिका क्रियाकलाप र पद्धतिलाई नै शासन भन्ने गरिन्छ । प्रजातान्त्रिक शासनमा जवाफदेहिता, जिम्मेवारीपना, पारदर्शिता, कानुनको शासन, स्थायित्व, सामाजिक न्याय, समता, समावेशीकरण, सशक्तीकरण र बृहत् सहभागिताको प्रत्याभूति गर्दै यसलाई सहजीकरण गर्न संरचनात्मक र प्रक्रियागत व्यवस्था मिलाइएको हुन्छ ।

शासनमा संस्थागत एवं वातावरणीय प्रबन्ध र शासकीय शैलीको विकास गर्दा नागरिकलगायत सम्बन्धित सबै पक्ष स्वतः एक आपसमा अन्तत्र्रिmया गर्दै सहभागिता दिँदै राज्यको क्रियाकलापमा संलग्न हुन पुग्छन् । विभिन्न प्रकारका मान्यता रणनीति, दूरगामी सोचका आधारमा लक्ष्य र नीतिको निर्धारण गर्ने प्रक्रियाका रूपमा यसलाई व्याख्या गरिँदै आएको छ । सबै क्रियाकलाप सर्वसाधारण सबै नागरिकको भलाइका दिशामा राज्य संयन्त्र परिचालित भइराखेको छ या छैन, यस्ता विषयमा शासकले चासो राख्छन् । यसबाट सरकारको प्रभावकारिताको मापन गरिन्छ । सबै तह, क्षेत्र र वर्गलाई समेट्दै अघि बढ्ने सन्दर्भमा आफ्ना नीति र प्रक्रिया निर्धारण गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)