कांग्रेस महोत्सवका फरक दृश्य : अपांगता भएकालाई ‘प्राथमिकता’
annapurnapost.com · Sat Dec 11 06:41:00 GMT 2021
काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनमा अपांगता भएका व्यक्तिहरू उत्साहित भेटिएका छन्। कांग्रेसले अपांगताको मुद्दालाई अन्य दलभन्दा बढी प्राथमिकतामा राख्नु उपलब्धिमूलक भएको महाधिवेशनका सहभागी बताउँछन्।
कांग्रेसले वडादेखि संघसम्मै आरक्षणको व्यवस्था गरेको झापा मेचीनगर नगरपालिकाका धर्मराज घिमिरेको भनाइ छ। यसका आधारमा अपांगता भएकाहरूबीच प्रतिस्पर्धा भई आफ्नो प्रतिनिधित्व आफैं गर्ने मौका पाउने घिमिरे बताउँछन्। भन्छन्, ‘अन्य दलले आफ्नो महाधिवेशनमा अपांगता भएकालाई प्रतिनिधिमा सहभागी गराएका छैनन्। उनीहरूले नेपाली कांग्रेसबाट केही सिकून्।’ १३औं महाधिवेशनले क्षेत्रसम्म अपांगता भएका र अल्पसंख्यक भनेर मात्रै आरक्षण दिएको थियो। अहिले जिल्लादेखि माथिल्लो तहमा अपांगताका लागि विशेष आरक्षणको व्यवस्था रहेको उनी सुनाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)