मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तीर्थ र अनिताले जिते अल्ट्रा म्याराथन

ekantipur.com · Sat Mar 05 01:20:35 GMT 2022

ओखलढुंगा — थोलेदेम्बा–पोकली ४२ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि तीर्थबहादुर तामाङ र अनिता राईले जितेका छन् । उक्त म्याराथनमा पुरुषतर्फ तीर्थले ४ घण्टा ४ मिनेटमा निर्धारित दुरी पार गरेका थिए । महिलातर्फ अनिताले ५ घण्टा ३७ मिनेट लगाएकी थिइन् ।

सोलुखुम्बुका अर्जुन कुलुङ दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए । रुकुम पश्चिमका दुर्गा बुढामगर चौथो भए । महिलातर्फ सोलुखुम्बुकी अनिता राई दोस्रो र रोल्पाकी आश्मा विश्वकर्मा तेस्रो भए । ओखलढुंगाकी पदमकुमारी सुनुवार चौथो भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)