एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु
barnanmedia.com · Mon Apr 13 22:41:18 GMT 2026
जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विजेता पुरस्कार खजुरावासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिने आयोेजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)