मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपको भव्य उद्घाटन

ekantipur.com · Sun Nov 20 19:28:57 GMT 2022

दोहा — १२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनापछि विश्वकप फुटबलको २२ औं संस्करण कतारमा सुरु भएको छ । प्रविधिको उच्चतम प्रयोग र कतारी सभ्यताको झलक प्रदर्शन गर्दै अल रायनस्थित अल बायत रंगशालामा आइतबार उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।

विश्व फुटबलको सर्वोच्च प्रतियोगिता ९२ वर्षको इतिहासमा पहिलोपल्ट खाडी क्षेत्रमा आयोजना गरिएको हो । हालसम्मकै सबैभन्दा बढी २ खर्ब २० अर्ब अमेरिकी डलर लगानी गरिएको यो विश्वकपका खेल सञ्चालन हुने आठ रंगशालामध्ये सातवटा नयाँ निर्माण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)