मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पद्मिनीको यथार्थपरक अभिव्यक्ति

ekantipur.com · Mon Feb 05 01:03:57 GMT 2024

प्रकाशित टान्सपरेन्सी इन्टरनेसनलकी अध्यक्ष पद्मिनी प्रधानांगको आइतबार प्रकाशित अन्तर्वार्ता निकै यथार्थपरक र बोधगम्य छ । देशमा आम नागरिक सुशासन चाहने तर ठूला दल र ठूला नेताहरूको आनीबानी र सोच त्यसविपरीत देखिएको उहाँको भनाइ छ । सत्ता र प्रतिपक्ष भन्ने तर भ्रष्टाचारको कुरामा सबै मिल्ने र सिन्डिकेट चलाउने उहाँको कुरा पनि जायज छ ।

नेताहरूको सम्पत्ति छानबिन र सार्वजनिक नगर्ने, संवैधानिक अंगहरूमा भागबन्डामा नियुक्ति गर्ने र नियुक्ति दिनेउपर कुनै अनुसन्धान नगर्ने प्रवृत्ति देखिएको छ । यस विषयमा ठूला दलका ठूला नेताहरूले आत्मसमीक्षा गर्ने बेला आएको छ । जनताको दृष्टिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डहरू कोही चोखा छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)