मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसरः उपराष्ट्रपति

barnanmedia.com · Mon Apr 13 23:19:58 GMT 2026

काठमाडौँ, १ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गर्नुभयो । उहाँले नयाँ वर्षले सामाजिक र सांस्कृतिकस्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)