मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस्’

barnanmedia.com · Mon Apr 13 23:25:41 GMT 2026

काठमाडौँ, १ वैशाखः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गर्नुभएको छ । नयाँवर्ष २०८३ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले आमनेपालीको उन्नति र प्रगतिका लागि नयाँ वर्ष विशेष वर्षका रूपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभएको छ ।

नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धतामा रह्यो, व्यवहारमा सार्थक भएन ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)