मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यवसायी संघ रौतहटको माग

rajdhanidaily.com · Mon Apr 13 23:28:50 GMT 2026

रौतहट । निमार्ण ब्यबसायी संघ रौतहटले ईन्धनजन्य सामाग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै निमार्ण समाग्रीको तत्काल मुल्य समायोजन गर्न माग गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र कुमार यादबले आज सोमबार एक प्रेस बिज्ञप्ती जारी गदै ईन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै तत्काल निमार्ण समाग्रीको मुल्य समायोजन गर्न माग गरेको हो ।

मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल सगायतका इन्धन सामाग्रीहरुमा पटक पटक भइरेको अत्याधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)