शिक्षा सुरु गर्ने समय
nayapatrikadaily.com · Tue May 02 00:27:00 GMT 2023
फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो । निकै टाढाटाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा राय–सल्लाह लिन उनीकहाँ मानिसको भिड लाग्ने गथ्र्यो । उनी पनि सकेसम्म सहज तरिकाबाट सबै जिज्ञासुको जिज्ञासा शान्त बनाएर पठाउने गर्थे ।
एकपटक शिक्षाविद् पार्कर कुनै एक स्थानमा आयोजित विशेष कार्यक्रममा बालशिक्षाबारे आफ्नो मन्तव्य दिइरहेका थिए । उनको मन्तव्य पूरा भएपछि त्यहाँ प्रश्नोत्तरको क्रम सुरु भयो । प्रश्न सोध्ने क्रममा एक महिला आफ्नो स्थानबाट उठिन् र पार्करसित प्रश्न गरिन्– महाशय, म आफ्नी छोरीको पढाइ सुरु गर्न चाहन्छु । त्यसका लागि सबैभन्दा उत्तम उमेर कुन हो ? पार्करले प्रश्न गरे– तपाईंकी छोरी कहिले जन्मिइन् ? महिलाले अचम्म मान्दै जवाफ दिइन्– छोरी त पाँच वर्षपहिल्यै जन्मिसकिन् नि !
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)