१०० एसईई उत्तीर्ण विद्यार्थीलाई एनसेल फाउन्डेसनको छात्रवृत्ति घोषणा
rajdhanidaily.com · Wed May 20 07:39:23 GMT 2026

काठमाडौं । एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । युवा सशक्तीकरण र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित फाउन्डेसनले प्रोजेक्ट शिक्षा सँगको सहकार्यलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
यस कार्यक्रमअन्तर्गत देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा सञ्चालन गरिनेछ भने त्यसपछि अन्तरवार्तामार्फत विद्यार्थी छनोट गरिने जनाइएको छ । कार्यक्रमले विशेषगरी आर्थिक अभावका कारण उच्च शिक्षामा पहुँच बनाउन कठिनाइ भोगिरहेका प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकतामा राख्नेछ ।
छात्रवृत्तिसँगै छनोट भएका विद्यार्थीहरूले १२ महिनासम्म निःशुल्क सीमित डेटा तथा भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले उनीहरूलाई अध्ययन, सूचना र अवसरहरूसँग निरन्तर जोडिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का ले शिक्षा राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको उल्लेख गर्दै यस सहकार्यले युवाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न मद्दत गर्ने बताइन् । उनका अनुसार भौगोलिक अवस्था वा आर्थिक परिस्थितिले कुनै पनि विद्यार्थीको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने मान्यताका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
यसैबीच, हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीलाई शैक्षिक अवसर सिर्जना गर्दै आएको छ ।
गत वर्ष पनि यही कार्यक्रममार्फत ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ मा अध्ययनरत रहेका छन् ।
सम्बन्धित समाचार
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने बोर्डको तयारी
स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन
एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी
अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
राष्ट्रिय परीक्षा बोर्ड