मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको स्वास्थ्य र स्वदेश फिर्ताबारे संसदीय समितिमा चर्चा

ratopati.com · Wed May 20 07:44:30 GMT 2026

काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य र उनको स्वदेश फिर्ताको विषयमा चर्चा भएको छ। समितिको बैठकमा सांसद महन्थ ठाकुरले देउवा लगायतका नेताहरूलाई स्वदेश फर्कन आग्रह गरेपछि सभापति कृष्णप्रसाद पौडेलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै सांसद महन्थ ठाकुरले पछिल्लो राजनीतिक समीकरण र तीन दलको एकतालाई सकारात्मक रूपमा लिँदै देशबाहिर रहेका नेताहरू अब स्वदेश फर्कनुपर्ने बताए । विशेषगरी शेरबहादुर देउवा, आरजु राणा र विनोद चौधरीको नाम लिँदै ठाकुरले भने- ‘अब बाहिर बस्ने अवस्था छैन, आफ्नो देश र भूमिमा आउने समय आइहाल्यो। तपाईंहरू आउनुहोस्, हामी स्वागत गर्छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)