मिडल्सब्रोलाई ६-१ ले हराउँदै चेल्सी लिग कपको फाइनलमा
ekantipur.com · Wed Jan 24 00:43:23 GMT 2024
काठमाडौँ — चेल्सीले मिडल्सब्रोमाथि ६–१ को सजिलो जित रच्दै मंगलबार लिग कपको फाइनल यात्रा तय गरेको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यस जितसँगै चेल्सीले समग्रमा ६–२ को अग्रता लिएको हो । पहिलो लेगको सेमिफाइनलमा मिडल्सब्रो १–० ले अगाडि रहेको थियो ।
चेल्सीका लागि यसपल्ट पहिलो हाफमा जोनी होसनको आत्मघाती गोलसँगै इन्जो फर्नान्डेज, एक्सेल डेसाइ र कोल पाल्मरले गोल गरे । दोस्रो हाफमा फेरि पाल्मरले एक गोल थपे भने अर्को गोल नोनी माडुकेको नाममा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)