फ्रक्सजबद्वारा एकेडेमिक पार्टनरशिप प्रोग्राम शुरू
abhiyandaily.com
काठमाडौं (अस) । फ्रक्सजबले एकेडेमिक पार्टनरशिप प्रोग्राम शुरू गरेको छ । कम्पनीले भर्खरै स्नातक सकेका विद्यार्थीलाई रोजगारीको अवसरमा जोड्ने उद्देश्यले प्रोग्राम शुरू गरेको हो । कम्पनीले विभिन्न कलेजमा कार्यक्रम शुरू गरिएको बताएको छ । यसबाट हालै स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीलाई करिअरमा प्रभावकारी रूपमा अघि बढ्न मद्दत पुग्ने र रोजगारीको अवसर खोज्न भौंतारिनु नपर्ने बताइएको छ । विद्यार्थीसम्म पुगेका रोजगारदाताले विद्यार्थीमा रहेको सम्भावनाको पहिचान गरी उनीहरूलाई अवसर दिने फ्रक्सजबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)