मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जमा ८ जनामा कालो ढुसी संक्रमण, ३ को मृत्यु

annapurnapost.com · Wed Jun 02 06:31:00 GMT 2021

वीरगन्ज : ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ। पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए।

देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो। ‘यसको उपचार नेपालमा सम्भव नै छैन। त्यही भएर बिरामीलाई भारत पठाइदिएका हौं’, डा. सिंहले भने, ‘उहाँहरूको उपचार पटना र लखनउमा भइरहेको जानकारी छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)