मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फर्किने तयारीमा थिए निराकार

ekantipur.com · Sat Dec 31 01:30:59 GMT 2022

बिर्तामोड — थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आगलागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घटनामा उनीसहित २४ जनाको मृत्यु भएको हो ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)